गृहपृष्ठ थप १० देशलाई युरोपियन युनियनले कालोसूचीमा राख्यो

थप १० देशलाई युरोपियन युनियनले कालोसूचीमा राख्यो

European-Union-newskarobar

युरोपियन युनियनले थप १० देशलाई कालोसूचीमा राखेको छ ।

इटलीलगायतका देशहरुको विरोधका बाबजुद युनियनले करको कारण कालोसूचीमा रहेका देशको संख्यामा वृद्धि गर्ने निर्णय गरेको हो । ती देशहरुमाथि सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया प्ररम्भ गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचार काण्डलाई सन् २०१७ मा समेटिएको थियो । कालोसूचीमा संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका देश परेको बताइएको छ ।

योसँगै युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ । अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखिएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा छन् ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु