गृहपृष्ठ सोनाम ल्होसारको तयारीमा तामाङ्ग घेदुङ रुपन्देही

सोनाम ल्होसारको तयारीमा तामाङ्ग घेदुङ रुपन्देही

tamang ghedung

नेपाल तामाङ घेदुङ जिल्ला शाखा रुपन्देहीले २८५५ औं सोनाम ल्होसार (फाग ल्हो) भव्य रुपमा मनाउने भएको छ । विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल तामाङ घेदुङ्ग जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कुमार तामाङ मोक्तानले सोनामा ल्होसारको अवसरमा सप्ताहव्यपी कार्यक्रम गर्न लागेको जानकारी दिए ।

मोक्तानका अनुसार यही माघ १६ देखि २२ सम्म विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाइने छ । जसअन्तर्गत १७ गते रक्तदान, १८ गते नेपाल मानव आश्रमका आश्रित व्याक्तिहरुलाई भोजन दान, १९ गते कुल पूजास्थानको सरसफाई, २० गते फाग ल्हो पूजा पाठ गर्ने र २१ गते शान्ति पदयात्रा ल्हो पूजा तथा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सोनाम ल्होसारको मुख्य दिन माघ २२ गते बुटवल–९ दिपनगररमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जनाइएको छ । नेपाल तामाङ घेदुङ रुपन्देहीका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य कृष्ण मोक्तानले तामाङ समुदायको मुख्य पर्वको रुपमा रहेको  ल्होसारको विदा कटौती गरिएकोमा आफूहरुले विरोध गरेको बताए ।

नेपाल तामाङ घेदुङ रुपन्देही संस्थापक अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले सबैको साझा पर्वको रुपमा मनाउनको लागि सरकारी स्तरबाट नै राष्ट्रिय पर्व विदा घोषणा गर्नुको विकल्प नभएको बताए ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु