गृहपृष्ठ सानिमा लाइफ इन्स्योरेन्सका बिमा सुविधा दुई वित्तीय संस्थामार्फत

सानिमा लाइफ इन्स्योरेन्सका बिमा सुविधा दुई वित्तीय संस्थामार्फत

सानिमा लाइफ इन्स्योरेन्सका सेवा अब कञ्चन डेभलपमेन्ट बैंक र सृजनशील बचत तथा ऋण सहकारी संस्थामार्फत पाइने भएको छ । तीन संस्थाबीच बिमासम्बन्धी सम्झौता भएसँगै कञ्चन डेभलपमेन्ट बैंक र सृजनशील बचत तथा ऋण सहकारी संस्थाका ग्राहकले सानिमा लाइफ इन्स्योरेन्सका बिमासम्बन्धी सुविधा पाउने छन् ।

महेन्द्रनगरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन डेभलपमेन्ट बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशील बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु