गृहपृष्ठ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हस्ताक्षर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हस्ताक्षर

पहिलो म्याच- भारत पाकिस्तानबीचः रेणु दाहाल, मेयर

gauram-buddha-rangasala_NewsKarobar

चितवनको भरतपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बुधबार भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनबीच हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले हस्ताक्षर गरेका हुन् ।

जनस्तरबाट सहयोग संकलन गरि बनाइने यो रंगशालाको अनुमानित लागत ३ अर्ब खर्च लाग्ने जनाइएको छ । क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल रंगशाला समेत बन्नेछ । कमल फूलका आकारमा क्रिकेट रंगशाला बन्नेछ । यो रंगशाला ३० हजार दर्शक क्षमताको हुने जनाइएको छ ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले आगामी दुइ वर्षभित्र सार्वजनिक-निजी साझेदारीमा रंगशाला सम्पन्न गर्ने र पहिलो म्याच- भारत-पाकिस्तानबीच गराउने योजना बुनिएको बताइन ।

भरतपुर महानगरपालिका र कृषि तथा वन विज्ञान विश्वविद्यालयको २०७५ साल भदौ २६ गतेको बैठकले धुर्मुस सुन्तली फाउन्डेसनलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । रंगशाला निर्माणका लागि २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने गरी भरतपुर महानगर, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिविबीच २०७५ असोज १९ गतेका दिन त्रिपक्षीय सम्झौता भएको हो। उक्त सम्झौता मा रंगशाला निर्माणको लागि जग्गा, लगानी र स्रोतको खोजी भरतपुर महानगरपालिकाले गर्नुपर्ने उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको नेतृत्व भरतपुर महानगरपालिकाले लिई स्वदेशी, विदेशी, सरकारी तथा गैरसरकारी, निजी क्षेत्रसँग सहयोगका लागि पहल गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका -१५मा निर्माण हुनेछ।

 

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु