गृहपृष्ठ शशांकको प्रस्ताव- स्ववियु निर्वाचनको मिति सारौं
शशांकको प्रस्ताव- स्ववियु निर्वाचनको मिति सारौं
फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सार्न माग गरेका छन् । चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले स्ववियु निर्वाचनको मिति सार्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको विवाद तथा नेतृत्वको टुंगो लागीनसकेकाले स्ववयु निर्वाचन केही समय सार्नुपर्नेमा उनको जोड थियो । पूर्व निर्धारित कार्यतालिका अनुसार यही फागुन १४ गते स्ववियु निर्वाचन हुँदैछ ।
फरक प्रसँगमा कोइरालाले सरकार एकलौटी रूपमा अघि बढ्न लागेकाले विरोधका कार्यक्रम आयोजना गरिएको बताए । जनताको जीविकामा परिवर्तन हुन नसके पनि सरकारले रेल र पानीजहाजको कुरा गर्ने नछाडेको उनको टिप्पणी थियो ।
यो पनि पढ्नुहोस् :
नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो : तामाङ, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाओस् : महर
प्रकाशित समय १७:२४ बजे
















