गृहपृष्ठ बिहीबार पनि संसद अवरूद्ध गर्ने कांग्रेसको तयारी

बिहीबार पनि संसद अवरूद्ध गर्ने कांग्रेसको तयारी

samsad newskarobar

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार वस्ने प्रतिनिधिसभाको बैठक पनि अवरोध गर्ने भएको छ । यथास्थितीमा प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने अडानमा कांग्रेस अडिग रहेपछि बिहीबारको संसद बैठक पनि अवरूद्ध हुने भएको हो ।

संसदमा प्रतिपक्षीको अवरोध खुलाउन सभामुख कृष्णबहादुर महराले पहल गरेका थिए । तर, त्यसले सार्थकता पाउन सकेन ।

बुधबार सभामुख महराले बैठक सूचारू गराउन कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाए । त्यसमा उनले प्रतिनिधिसभामा जारी अवरोध खुलाउने पहल गरे । तर, प्रतिपक्षी कांग्रेसले यथास्थितीमा बैठक सञ्चालन गर्न नदिने अडान छाडेन ।

कांग्रेसले सत्तापक्षले ‘जबर्जस्ती’ ढंगले चिकित्सा शिक्षा विधेयक पारित गरेकामा आपत्ती जनाउँदै आएको छ । उसले त्यसरी एकलौटी ढंगले पारित गरिएको विधेयक सच्याउनुपर्ने कांग्रेसको माग छ । त्यसो नभएसम्म बैठक चल्न नदिने कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु