गृहपृष्ठ मालपोतका सूचना अधिकारीलाई कालोमोसो
मालपोतका सूचना अधिकारीलाई कालोमोसो
मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई नचिनेका समूहले कालोमोसो दलेका छन् ।
बुधबार कार्यालयमा काम गरिरहेको अवस्थामा एक्कासी आएर कालोमोसो दलेको मालपोत कार्यालय सुर्खेतकी प्रमुख लक्ष्मी शाहीले बताईन् । कसले र किन यसो गरेको भन्ने कुरा पक्राउ परेपछि मात्रै थाहा हुने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदिप क्षेत्रीले कालोमोसो दल्ने व्यक्तिको खोजी कार्य भइरहेको बताएका छन् ।
सामाजिक सञ्चालमा नेकपा क्रान्तिकारी (वैद्य समूह) निकटले आफूले सो कार्य गरेको भने पनि आधिकारिक रुपमा यस विषयमा जानकारी नभएको उनले बताए ।
प्रकाशित समय १८:२१ बजे

















