गृहपृष्ठ प्रहरीलाई गलत सूचना दिने दुई जना पक्राउ
प्रहरीलाई गलत सूचना दिने दुई जना पक्राउ
आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईजनालाई पक्राउ गरिएको छ ।
गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई अहिले गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
मदिरा पिएर उपत्यकाका विभिन्न स्थानमा घटना घटेको छ भन्दै फोन गरेर गलत सूचना दिएको र यस्ता कार्य नगर्न अनुरोध गर्दा प्रहरीलाई नै अश्लिल शब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।(रासस)
प्रकाशित समय ०६:५३ बजे

















