गृहपृष्ठ धरणीधर राष्ट्रिय पुरस्कार तीन जनालाई
धरणीधर राष्ट्रिय पुरस्कार तीन जनालाई
धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरेको छ ।
धरणीधर राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलाई प्रदान गरिएको छ । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितालाई साहित्यमा सक्रिय नवोदितलाई १ सय २६औं धरणी जन्यतीको अवसरमा १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, प्रतिष्ठानले यस वर्षको धरणीधर राष्ट्रिय कला पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल र धरणीधर राष्ट्रिय साहित्य पुरस्कारबाट साहित्यकार मञ्जु श्रेष्ठ पुरस्कृत भएका छन् ।
विगतमा धरणीधर राष्ट्रिय पुरस्कारबाट एकजनालाई मात्रै पुरस्कृत गर्दै आएकोमा यस वर्ष पत्रकारिता, कला र साहित्य गरी तीन विधाका व्यक्तिलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।
प्रकाशित समय १९:०८ बजे

















