गृहपृष्ठ बीपी उद्यान निर्माण पूर्वनिर्णयबमोजिम नभए कांग्रेसले आन्दोलन थाल्ने
बीपी उद्यान निर्माण पूर्वनिर्णयबमोजिम नभए कांग्रेसले आन्दोलन थाल्ने
वीरगन्जको बीपी उद्यान निर्माण प्रक्रिया सरकारको पूर्वनिर्णयअनुसार गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पहिलेको निर्णयअनुसार निर्माण प्रक्रिया थाल्न तीनै तहको सरकारलाई सचेत गराएका हुन् ।
बीपी पार्क निर्माणकै लागि वीरगन्जमा व्यवस्था भइसकेको जग्गामा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले अन्यकै नाममा उद्यान बनाउन शिलान्यास गरेको भन्दै सो निर्णय तत्काल सच्याउन कांग्रेसले माग गरेको छ ।
नेपाली राजनीतिमा निषेधको प्रवृत्ति बढ्दै गएको भन्दै प्रवक्ता शर्माले बीपी नामप्रतिनै अवहेलना गरेको आरोप लगाए । माग पूरा नभए तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी पनि दिन प्रवक्ता शर्माले दिएका छन् ।
यसअघि कांगेसले पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघीय सरकारको मातहतबाट बाहिर निकाल्ने विषयमा सडक र सदनमा विरोध जनाएको थियो ।
प्रकाशित समय १९:४७ बजे
















