गृहपृष्ठ काष्ठमण्डपको थाम ठड्याउँदा जे देखियो… (फोटो फिचर)
काष्ठमण्डपको थाम ठड्याउँदा जे देखियो… (फोटो फिचर)
ऐतिहासिक महत्व बोकेको काष्ठमण्डपको पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणको क्रममा सातौ शताब्दीको काष्ठमण्डपमा आइतबार चारवटा मूल थाम ठड्याइएको छ ।
काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको ‘प्यंग था’अर्थात चार वटा थाम आइतबार विशेष संकल्प पूजा गरी ठड्याइएको हो । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतले संकल्प पूजा गरेका थिए । चार वटा थाममध्ये एउटा पुरानै र ३ वटा नयाँ प्रयोग गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा झण्डै १८ करोड रुपैयाँ लाग्ने र तीन वर्षभित्र सकिने समितिले जानकारी दिएको छ ।
तस्बिर हेर्नुहोस्
प्रकाशित समय ०९:०१ बजे























