गृहपृष्ठ हायड्रा क्रेनको बुटवलमा बिक्री सुरु
हायड्रा क्रेनको बुटवलमा बिक्री सुरु
आईएमई आटोमोटिभ प्रालि काठमाण्डौं अन्तर्गतको एक्सपार्ट हेभी उपकरणअन्तर्गत हायड्रा वान फाईफ फोर पी क्रेन बुुटवलमा बिक्री सुरु गरिएको छ ।
बुटवलको लागि आधिकारीक विक्रेता चैतन्य ईक्पमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठका अनुसार क्रेन बुटवलका साथै पश्चिम नेपालका विभिन्न स्थानमा उपलब्ध हुनेछ । क्रेन एप्लीकेसनको लागि प्रयोग हुने हायड्रामा ४९.५ एचपीको इन्जिन छ भने ५०० घण्टा सर्भिस इन्टरभल, रोप कम्पेन्सनसहित ४ वटा पार्टस् स्डेम बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई र १.९ केएमपीएसको स्पीड छ ।
प्रकाशित समय १०:३५ बजे

















