गृहपृष्ठ विद्यार्थी आन्दोलनका पूर्व नेताहरूद्वारा शोक वक्तव्य जारी
विद्यार्थी आन्दोलनका पूर्व नेताहरूद्वारा शोक वक्तव्य जारी
विद्यार्थी आन्दोलनका पूर्व नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा संयुक्त शोक वक्तव्य जारी गरेका छन् । बिहीबार अखिल र नेविसंघका ३१ पूर्व विद्यार्थी नेताहरूले संयुक्त शोक वक्तव्य जारी गर्दै मन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका हुन् ।
योगेश भट्टराई, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, हिमाल शर्मा, हिक्मत कार्की, रमेश मल्ल, रमेश ढुङ्गेललगायतको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने पर्यटनमन्त्री रवीन्द्र अधिकारी, स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारीहरू वीरेन्द्र श्रेष्ठ, ध्रुवदास भोछिभया, युवराज दाहाल, अर्जुन घिमिरे र चालक प्रभाकर केसीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’
स्व. मन्त्री अधिकारी अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।
प्रकाशित समय १८:५८ बजे

















