गृहपृष्ठ कर्मचारी अभावमा विषादी परीक्षण प्रगोगशाला ठप्प

कर्मचारी अभावमा विषादी परीक्षण प्रगोगशाला ठप्प

सरकारको लापरबाहीका कारण प्रदेश ५ मा फलफूल र तरकारीमा हुने विषादीको मात्रा परीक्षण रोकिएको छ ।

कृषि उपज तथा थोक बजार केन्द्र र नेपालगञ्जको रानी तलाउ सब्जी मण्डीमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण इकाइमा परीक्षण हुन छाडेको छ । इकाइलाई प्रदेश अन्तर्गत कसरी राख्ने भन्ने बिषयमा टुंगो नलाग्दा भएका कर्मचारी पनि सरुवा माग्दै अर्को कार्यालयमा गइरहेका छन् भने इकाइमा नयाँ कर्मचारीको व्यवस्था हुन सकेको छैन ।

चार जनाको दरबन्दी रहेको बुटवल इकाइमा करारमा रहेका एक जनाको म्याद असार मसान्तमा सकिएपछि आउन छाडेका छन् भने अर्का एक जना प्राविधिक सरुवा भएका छन् । असोज २० गतेदेखि फलफूल र तरकारीको विषादीको मात्रा परीक्षणको काम रोकिएको बुटवल इकाइका प्राविधिक तथा बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए ।

नेपालगञ्ज इकाइका बाली संरक्षण अधिकृत सकिल अहमले भने, ‘जेठ महिनासम्म करारमा रहेका कर्मचारीको सहयोगमा परीक्षण भए पनि सेवा सुविधा उपलब्ध गराउन नसक्दा ती कर्मचारीले समेत छाडे ।’ कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को संयुक्त लगानीमा विषादी परीक्षण केन्द्र निर्माण भएको हो ।

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु