गृहपृष्ठ बाढीपीडितको राहत रकम नै फ्रीज ! पीडितले दिए सात दिने अल्टिमेटम

बाढीपीडितको राहत रकम नै फ्रीज ! पीडितले दिए सात दिने अल्टिमेटम

गाउँपालिका अध्यक्षलार्इ ज्ञापन पत्र

badhi pidit_news karoabr

बाढीपीडितका लागि आएको राहत रकम कटहरी गाउँपालिकाको लावरवाहीले फ्रीज भएको छ । यसरी आफ्नो लागि आएको रकम फ्रीज भएपछि बाढीपीडितहरु आन्दोलित बनेका छन् । उनीहरुले आफूहरुको नाममा आएको राहत रकम उपलब्ध गराउन सात दिने अल्टिमेटमसहित गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

बाढीपिडित संघर्ष समिति कटहरीको अनुवाईमा उनीहरुले विभिन्न ७ सुत्रीय माग राख्दै कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

badhipidit biratnagar-newskarobar

बाढीपीडितका लागि आएको राहत तथा क्षतिपूर्ति ७ दिन भित्र कटहरी गाउँपालिकाले उपलब्ध गराउनुपर्ने, बाढीपिडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने, नदी किनारका सुकुम्बासी परिवारलाई पुनर्बासको व्यवस्था गर्नुपर्ने उनीहरुले माग राखेकाछन् । यसैगरी बाढीपीडित परिवारका बालबालिकालाई निशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, बाढीपीडितको पहिचान गरी परिचत्र पत्र वितरण गर्नुपर्ने, गाउँपालिकाभित्र भइरहेको भ्रष्टचार अन्त्य गरिनुपर्ने माग राख्दै सैयौँको संख्यामा नाराबाजीसहित कटहरी गाउँपालिका पुगेका उनीहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख कामतले बाढीपीडिका माग सम्बोधन गरिने आश्वासन दिए । ज्ञापन पत्र बुझाएपछि कटहरी चोकमा आयोजित कोणसभामा बाढीपीडित संघर्ष समिति कटहरीका संयोजक मृत्यून्जय झाले गत आर्थिक वर्षको माघ महिनामै गृहमन्त्रालय मार्फत राहत रकम आए पनि गाउँपालिकाको लापरवाहीले रकम फ्रीज भएको आरोप लगाए ।

उनले गत वर्ष साउन अन्तिम साता आएको बाढीबाट पीडित कटहरीका १ हजार ५ सय १६ घरधुरिका लागि राहत स्वरुप ३ करोड ७९ लाख ७५ हजार रुपैयाँ आएको भए पनि कटहरी गाउँपालिकाको लापरिवाहीले राहत रकम फ्रीज भएको भन्दै आक्रोश पोखे ।

७ दिन भित्रमा राहत रकम उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिँदै उनले भने, ‘आन्दोलनबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी कटहरी गाउँपालिकाले लिनुपर्छ ।’

यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएर कार्यालय परिसर अगाडि प्रदर्शन गरेका थिए । राहत रकम फ्रीज भएको आक्रोशमा उनीहरुले केही दिन अघि राहत उपलब्ध गराउन माग गर्दै दबाब स्वरुप बाँसले सडक अबरोध गरी विराटनगर –रंगेली सडक अबरुद्ध पारेका थिए ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु