गृहपृष्ठ दीपकराज जोशी प्रधानन्यायाधीश बन्नेमा उब्जियो शंका

दीपकराज जोशी प्रधानन्यायाधीश बन्नेमा उब्जियो शंका

'भाग्यकाे साँचाे' सत्तारूढ दलकाे हातमा

deepakraj-joshi-newskarobar

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीको सम्भावना न्यून देखिएको छ । प्रमाणपत्रमा फरक–फरक तथ्याङ्क भेटिएपछि गोपाल पराजुलीको जस्तै शैक्षिक प्रमाणपत्र काण्ड दोहोरीने खतराबाट संसदीय सुनुवाइ समिति पनि झस्किएको छ ।

आज बिहान ८ बजे डाकिएको संसदीय सुनुवाइ समितिको बैठक नबसी सोमबारका लागि सारिएको छ । शुक्रबार नै समितिको बैठक बसी अनुमोदन गर्ने तयारी थियो । तर, विवाद देखिने सम्भावना देखिएपछि थप अध्ययन गर्नुपर्ने भन्दै सोमबार सुनुवाइ गर्ने गरी समिति बैठक स्थगित भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विहान सुनुवाइ समितिका पदाधिकारीसँग छलफल गरेका थिए ।

समितिका जेष्ठ सदस्य एवम् समितिका सभापति लक्ष्मणलाल कर्ण, सदस्य योगेश भट्टराई, सुमनराज प्याकुरेलसँग ओलिले छलफल गरेपछि शुक्रबारको सनुवाइ समितिको बैठक रोकिएको थियो । आइतबार बस्ने भनिएको बैठक पनि प्रधानमन्त्री ओलीको निर्देशनमा रोकिएको अनुमान गरिएको छ ।

लगातार बैठक पछाडि धकेलिएपछि प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन हुने वा नहुने अनिश्चित बनेको छ । अनौपचारिक छलफलपछि जोशीबारे निर्णयका लागि सम्भवतः सोमबार दिउँसो बैठक डाकिने छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले अनुमादनका लागि अन्तिम छलफल भइरहेको बताए ।

शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमासमेत परामर्श भइरहेको छ । सुनुवाइ समितिका सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले बैठक सार्नु उचित हुने मत प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए ।

प्रधानमन्त्रीलगायत अरु सदस्यहरुले प्रमाणपत्रबारे थप बुझ्नु उचित हुने बताएका थिए । जोशीको प्रमाणपत्रबारे सांसदहरुले शुक्रबार बिहान नयाँ तथ्य फेला परेको बताएका थिए । सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर (३६६७) अर्कै व्यक्तिको नाममा भेटिएको छ । एक सांसदका अनुसार उक्त सिम्बोल नम्बर परीक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ ।

समितिका अर्का सदस्यले भने फेला परेको डकुमेन्ट फोटोकपी भएकाले विश्वास गर्ने कि नगर्ने भन्ने दुविधा उत्पन्न भएको बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि जोशीको विषयमा डकुमेन्टहरु प्रधानमन्त्रीलाई प्राप्त भएको बताए । जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ । त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन् । पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु