गृहपृष्ठ एलआईसी नेपालको सीईओमा लक्ष्मीप्रसाद दास नियुक्त
एलआईसी नेपालको सीईओमा लक्ष्मीप्रसाद दास नियुक्त
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन । कम्पनीको ९७ औं संचालक समिति बैठकले उनलाई आगामी तीन वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
यसअघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालीरहेका थिए ।
प्रकाशित समय १३:४९ बजे

















