गृहपृष्ठ खाडीमा नेपाली कामदारको गर्मीले बेहाल

खाडीमा नेपाली कामदारको गर्मीले बेहाल

Heat Qatar_NewsKarobar फा

खाडी मुलुकमा कामका लागि जाने नेपाली कामदारहरू अत्याधिक गर्मीले प्रताडित भइरहेको विश्व श्रम संगठन (आईएलओ)ले जनाएको छ, जसका कारण ठूलो संख्यामा नेपालीहरू गर्मीसम्बन्धी रोग र दुर्घटनाबाट प्रभावित हुने गरेका छन् ।

आईएलओले हालै सार्वजनिक गरेको तातो विश्वमा काम (वर्किङ इन वार्मर प्लानेट) सम्बन्धी प्रतिपेदनहरू गल्फ कोअपरेसन काउन्सिल (खाडी) मुलुकहरूका अप्रिलदेखि सेप्टेम्बरसम्म तापक्रम ५५ डिग्री नाघ्ने र सापेक्षित आद्रता (हुमिडिटी) ८० प्रतिशत नाघ्ने भएकाले नेपाली कामदारहरू प्रभावित भएका हुन् ।

मलेसियाको रोजगारी बन्द गराइएपछि अहिले नेपाली कामदारहरूका लागि युनाइटेड अरब इमिरेट्स (युएइ), कतार, साउदी अरबलगायतका खाडी मुलुकहरू नै मुख्य गन्तव्य बन्दै आएको छ । खाडी मुलुकमा कुल कामको २३ प्रतिशत निर्माणसम्बन्धी कामले ओगटेको उल्लेख गर्दै आईएलओले बाहिर काम गर्ने नेपाली कामदारहरू अत्याधिक तातोका कारण बिमारी पर्ने क्रम बढेको जनाएको छ ।

नेपालको चिसो वातावरणबाट गएका नेपाली कामदारहरू दिनभरि तातोघाममा काम गर्ने र बेलुका आएर एयर कन्डिसनयुक्त आवासमा सुत्दा धेरै जना ‘सुतेको सुतै’ हुने क्रम पनि बढेको छ । नेपालमा औसत ३५ डिग्री (तराईसहित) तापक्रम रहने गरेको छ भने ५३ देखि ८० प्रतिशतका बीचमा सापेक्षित आद्रता कामय हुने गरेको छ ,

आइएलओका अनुसार कतार र यूएईमा कार्यरत नेपालीहरूको माझमा गरिएको सर्वेमा उनीहरूमध्ये अधिकांसले आफूहरू अत्याधिक तातोका कारण बिमारी भएको बताएका छन् ।

कतार, यूएईलगायतका मुलुकमा कार्यजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रभावकारी व्यवस्था नभएको र भएको व्यवस्था पनि भाषाजन्य कारणले कार्यान्वयन हुन नसकेकाले नेपाली कामदारहरू बढी प्रताडित भएका हुन् । भाषाको समस्या यतिधेरै छ कि नेपाली कामदारहरूले आफ्ना व्यवस्थापकहरूसँग केही बेर आराम लिन वा पानी पिउनका लागि समेत अनुरोध गर्न सक्दैनन् ।

एमनेष्टी इन्टरनेसनलसहितका अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले नियमित आपत्ती जनाउन थालेपछि अहिले कतारसहित केही खाडी मुलुकले गर्मीका बेला मध्याह्नका समयमा काम गर्न रोक लगाएका छन् । यद्यपि, कम पारिश्रमिक पाइने कारणले नेपाली कामदारहरू ज्यान ज्योखिममा राखेर भए पनि दिउँदो काम गर्न बाध्य छन् ।

खाडी मुलुकका निर्माण क्षेत्रमा ९५ प्रतिशत नेपाल, भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका कम पारिश्रमिक पाउने कामदारहरू कार्यरत रहेको अध्ययनमा उल्लेख छ ।
अत्याधिक तापक्रमका कारण नेपालले सन् १९९० मा १.१७ प्रतिशत कार्य समय गुमाएकोमा सन् २०३० मा यो २ प्रतिशत नाघ्ने आइएलओले आफ्नो अध्ययनमा उल्लेख गरेको छ ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु