गृहपृष्ठ राष्ट्र बैंकले गाभ्दैछ आफ्नै विभाग

राष्ट्र बैंकले गाभ्दैछ आफ्नै विभाग

नेपाल राष्ट्र बैंकले विकास बैंक सुपरीवेक्षण विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई गाभ्ने तयारी गरेको छ । ‘मर्जर’को नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घटेपछि राष्ट्र बैंकले ती संस्थाको सुपरीवेक्षण गर्नका लागि दुई विभाग गाभेर शक्तिशाली विभाग बनाउन लागेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार एक महिनाभित्रै विकास बैंक सुपरीवेक्षण र वित्त कम्पनी सुपरीवेक्षण विभाग गाभ्ने तयारी छ । यसअघि यी दुबै विभाग एउटै थिए । पछि बैंक तथा वित्तीय संस्थाको संख्या बढेपछि फुटाएर दुई वटा बनाइएको थियो ।

बैंक सुपरीवेक्षण विभागले ‘क’ वर्गका अर्थात वाणिज्य बैंक, विकास बैंक सुपरीवेक्षण विभागले ‘ख’ अर्थात विकास बैंक र वित्त कम्पनी सुरीवेक्षण विभागले ‘ग’ अर्थात फाइनान्स कम्पनीको सुपरीवेक्षण गर्दै आएका छन् ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु