गृहपृष्ठ एक अर्ब बराबरको हतियार किन्दै नेपाली सेना, एउटैको मूल्य २ लाख

एक अर्ब बराबरको हतियार किन्दै नेपाली सेना, एउटैको मूल्य २ लाख

नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार किन्ने तयारी गरेको छ । यो वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी सेनाले गरेको हो ।

नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी गोकुल भण्डारीका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागिएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने सामाग्रीको विधिसम्मत खरिदमा सरकारले सेनालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

खरिद प्रक्रिया भने उनी रक्षामन्त्री हुनुअगावै अघि बढेको थियो । ‘हतियार खरिदको विषय जीटूजी नै हुने गरी प्रक्रिया अघि बढेको हुन सक्छ,’ भण्डारीले भने, ‘पछिल्लो जानकारी बुझ्नै पर्छ । हतियार खरिद हुने विषय सरकार–सरकारबीच नै सम्झौता हुने गरेको छ ।’

शान्ति सेनामा जानेका लागि आवश्यक परेकाले हतियार जतिसक्दो छिटो नेपाल आइपुग्नुपर्ने सेनाको माग रहेको छ । भित्र्याउन लागिएको कतिपय हतियार निकै महंगो रहेको र एउटैको २ लाख रुपैयाँसम्म पर्ने सेनाले जनाएको छ ।

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु