गृहपृष्ठ मुक्तिनाथ विकास बैंकले ६ महिनामा कमायो साढे ४० करोड
मुक्तिनाथ विकास बैंकले ६ महिनामा कमायो साढे ४० करोड
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४० करोड ४८ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यो वर्षको सोही अवधिमा यस्तो नाफा ५३.१२ प्रतिशतले बढाएको हो ।
खुद ब्याज आम्दानी ५३.८२ प्रतिशतले बढाउन सफल बैंकले सञ्चालन नाफा ५४.५९ प्रतिशतले बढाएको छ । मुक्तिनाथ विकास बैंकले खुद नाफा पनि बढाएर ८५ करोड ८७ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । बैंकले गत वर्ष ५५ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी सञ्चालन नाफा पनि ४० करोड ४६ लाख रुपैयाँबाट बढाएर ६२ करोड ५५ लाख १४ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।
समीक्षा अवधिमा बैंकले ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ ऋण लगानी गरेको छ । अहिले मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ ।
बैंकको रिजर्भ कोषमा ८५ करोड ४९ लाख रुपैयाँ जम्मा छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको ६ महिनामा ०.०१५ मात्र रहेको खराब कर्जा बढेर ०.०५५ पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा छ ।
प्रकाशित समय १३:१० बजे

















