गृहपृष्ठ बुद्ध एयरले काठमाडौं-कलकत्ता उडान गर्ने
बुद्ध एयरले काठमाडौं-कलकत्ता उडान गर्ने

डोमेष्टिक एयरमा स्थापित बुद्ध एयरले काठमाडौं-कलकत्ता दोस्रो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा सो उडान गर्न लागेको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
यो भन्दा अगाडि भारतको वानरासीमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । वानरासीको उडान सफल भएपछि बुद्ध एयरले बैशाख २ गतेबाट काठमाडौं-कलकत्ता उडान गर्ने भएको हो ।
‘विश्व हवाई बजारमा भारतको एयरलाइन्स स्थापित भइसकेको अवस्थामा हामीले तिनै भारतीय यात्रुलाई फोकस गरेर दास्रो अन्तर्राष्ट्रिय उडान गर्न लागेका छौं,’ बस्नेतले भने, ‘यदि हामी यो उडानमा सफल भयौं भने नेपालको पर्यटकीय क्षेत्रले काँचुली फेर्ने छ ।’
बुद्ध एयरले नेपालको धार्मिक, सांस्कृतिक तथा भौगोलिक पर्यटकीय क्षेत्रलाई मुख्य केन्द्रमा राखेर दास्रो अन्तर्राष्ट्रिय उडान गर्न लागेको बस्नेतले बताए ।
प्रकाशित समय १७:३८ बजे