गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा नयाँ शाखा विस्तार गरेको छ ।

महाकाली नगरपालिका– ४, खलंगास्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले बिहीबार औपचारिक उद्घाटन गरेका हुन् । वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिंह लालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, राजनितीक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय समाजसेवीको सहभागिता थियो ।

प्रकाशित समय ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु