गृहपृष्ठ एनआईसी एशियालाई बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड

एनआईसी एशियालाई बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड

nicasia-newskarobar

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो वर्षको बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले एनआईसी एसिया बैंकलाई अवार्ड प्रदान गरेका हुन् । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले अवार्ड ग्रहण गरे ।

त्यसैगरी, वित्तीय प्रतिवेदनमध्ये फर्स्ट रनर अप अर्थात् दोसो एनएमबी बैंक र सेकेन्ड रनर अप अर्थात तेस्रो सिटिजन्स बैंक बनेको छ । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका छन् ।

विकास बैंकतर्फ बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । फर्स्ट रनर अप फर्स्ट माइक्रोफाइनान्स भएको छ । उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ –याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको छ ।

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु