गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नाफामा ११ प्रतिशत वृद्धि

ग्लोबल आइएमई बैंकको नाफामा ११ प्रतिशत वृद्धि

ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा ११.८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।

कोभिड १९ को कारण अर्थ व्यवस्था र व्यापार व्यवसायमा परेको प्रतिकूल प्रभावका बावजुद बैंकको नाफा बढेको हो । कोभिडका कारण बैंकबाट कर्जा प्रवाह हुन सकेको छैन भने विगतमा प्रवाह भएको कर्जाको साँवा, ब्याज उठ्न सकेको छैन ।

गत वर्ष बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो । जनता बैंकसँग मर्जर गरेर नेपालकै ठूलो संस्था बनेको ग्लोबल आइएमई  बैंकको कस्ट अफ फन्ड ६.२१ प्रतिशत, सिसिडी रेसियो ७३.१८ प्रतिशत, बेस रेट ८.४२ प्रतिशत र स्प्रेड दर ४.४३ प्रतिशत छ । बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ छ भने चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु