गृहपृष्ठ एनआर्इसी एसियाको चामत्कारिक योजना : मासिक ११ हजारमै गाडी
एनआर्इसी एसियाको चामत्कारिक योजना : मासिक ११ हजारमै गाडी
एनआईसी एसिया बैंकले ‘चामत्कारिक सवारी कर्जा र चfमत्कारिक घरजग्गा कर्जा’ योजना सार्वजनिक गरेको छ । यी दुई योजना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
‘एनआईसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चामत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यो योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकले चामत्कारिक लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
चामत्कारिक सवारी कर्जाका विशेषता :
१. तुरुन्तै कर्जा स्वीकृत हुने
२. अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाटै किस्ता रकम सुरु हुने)
४. आंशिक अथवा पूर्णरुपमा बिनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक ब्याजदर ०.९ प्रतिशतमात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुट ।
के हो चामत्कारिक घर जग्गाकर्जा ?
‘एनआईसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ बैंकले चामत्कारिक घरजग्गा कर्जा सार्वजनिक गरेको हो ।
चामत्कारिक घर जग्गाकर्जाका विशेषता :
१. आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्णरुपमा बिनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाएर नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९ प्रतिशतमात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधार दरमा भएको परिवर्तनअनुसार मात्र ब्याजदर परिमार्जन हुने ।
यी नयाँ दुवै चामत्कारिक कर्जा योजना बैंकका मुलुकभरका २ सय ४४ वटै शाखा कार्यालयबाट ग्राहकले चाहेको गाडी तथा घरजग्गा बिनाझन्झट, न्यूनतम ब्याजदर र न्यूनतम किस्ता रकममा उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १६:२९ बजे