गृहपृष्ठ एनएमबि बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
एनएमबि बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

एनएमबि बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ ८२ पैसा कायम भएको छ । एनएमबिको सेयर कारोबार मंगलबार यही मूल्यलाई आधार मानेर खुल्यो । यसको औसत आधार मूल्य ३७१ रुपैयाँ ९१ पैसा छ । बैंकले मंगलबार (पुस १० गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गते वार्षिक साधारणसभा भएकाले बैंकले १० गते बुक क्लोज गरेको हो ।
बैंकले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ तथा नगद लाभांश वितरणका लागि १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ विनियोजन गरेको छ ।
यस बैंकको वार्षिक साधारणसभा यही पुस २६ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लबमा हुँदैछ । साधारणसामा बैंकले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका महत्वपूर्ण प्रस्ताव पेश गर्ने छ ।
८ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले लाभांस वितरण गरेपछि चुक्ता पुँजी बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ ।
प्रकाशित समय १६:३१ बजे