गृहपृष्ठ ग्लोबलको सर्वाधिक ब्याजदरसहितको ऋणपत्र

ग्लोबलको सर्वाधिक ब्याजदरसहितको ऋणपत्र

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंकले सर्वाधिक ब्याजदर १० दशमलव २५ प्रतिशतसहितको ऋणपत्र निष्कासन गरेको छ ।

सो ऋणपत्र बजारमा उपलब्ध अन्य ऋणपत्रमध्ये सबैभन्दा बढी भएको बैंकको दावी छ । फागुन १५ गतेदेखि खरिद गर्न सकिने गरी बैंकले १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । पाँच वर्षमा परिपक्व हुने १५ लाख कित्ता ऋण पत्रमध्ये ५ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोष र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्तातर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । फागुन १५ देखि १९ गतेसम्म आवेदन दिन सकिने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंकका जुनसुकै शाखामार्फत व्याज भुक्तानि लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनै पनि बैंकबाट कर्जा लिन सक्नेछन् ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु