गृहपृष्ठ फास्ट ट्र्याककाे काम द्रुत, हुलाकी सडककाे काम सुस्त
फास्ट ट्र्याककाे काम द्रुत, हुलाकी सडककाे काम सुस्त
फाइल तस्बिर
संसदको विकास तथा प्रविधि समितिले तराई-मधेश द्रुतमार्ग निर्माको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । समिति अन्तरगतको उपसमितिले स्थलगत अवलोकन गरेपछि निर्माणको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो ।
समितिको शुक्रबारको बैठकमा सभापति कल्याणीकुमारी खड्काले काम सन्तोषजनक रहेको प्रतिवेदन पेश गरेकी हुन् । नेपाली सेनाले बनाइ रहेको राष्ट्रिय गौरवको साे आयोजनाको काम सन्तोषजनक रहेको प्रतिवेदन उपसमितिले तयार पारेको हो । ७६ दशमलव २ किलोमिटरमध्ये ५४ किलोमिटर खण्डमा कटिङ/फिलिङको काम ७० प्रतिशत सकिएको सभापति खड्काले बताइन् ।
अहिलेको गतिमा काम गर्ने हो भने निर्धारित समयमै काम सकिने समितिको निष्कर्ष छ । सरकारले २०७४ वैशाख २१ गतेको बैठकले सेनालाई सो द्रुतमार्ग निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । चार वर्ष भित्रमा सो आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको छ ।
त्यस्तै, समितिले हुलाकी सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको निष्कर्ष छ । सडकभित्र बन्ने पुल ठेक्का लागेर पनि निर्माण कार्य शुरु नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रकाशित समय १६:३३ बजे

















