गृहपृष्ठ टोयोटाको गाडी बुक गर्नेलार्इ बाली टुरदेखि माउन्टेन फ्लाइटसम्म अफर

टोयोटाको गाडी बुक गर्नेलार्इ बाली टुरदेखि माउन्टेन फ्लाइटसम्म अफर

rush_gadi

नेपालका लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो सोमा गाडी बुक गर्दा स्पेसल अफर घोषणा गरेको छ । भदौ २६ देखि ३१ गतेसम्म चल्ने नाडा अटो सोमा गाडी बुकिङ गर्नेलार्इ कम्पनीले माउन्टेन फ्लाइट र आकर्षक नगद छुट अफर गरेको हो ।

अफरअन्तर्गत नाडा अटो सो अवधिभर टोयोटाको हरेक बुकिङमा पाँच जोडीले ५ दिन ४ रातको बाली टुर, चार जोडीले ४ दिन ३ रातको पोखरा टुर र दुर्इ जोडीले माउन्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

भर्खरमात्र सार्वजनिक गरिएको एसयूभी ‘रस’ नाडा अटो सोको प्रमुख आकर्षण रहने कम्पनीले जनाएको छ । डुअल भीभीटी आर्इ सुपर इन्जिन भयको ‘रस’ मा ६ एसआरएस एयर ब्याग छ । गाडीमा २८० एमएम रक बटम ग्राउन्ड क्लियरेन्स, १७ इन्च ह्विल बेस जस्ता विशेषता छन् ।

अत्याधुनिक प्रविधियुक्त एसयूभी ‘रस’मा भीएससी (भेहिकल स्ट्याबिलिटी कन्ट्रोल), टिआरसी (ट्रयाक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एलइडी हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, र्इएसएस (इमर्जेन्सी सिग्नल सिस्टम), एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) र एचएसी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता सुविधा छन् । प्रि-बुकिङ अवधिमा १५० टोयोटा ‘रस’ बिक्री भएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु