गृहपृष्ठ लघुवित्तले फेरिएको जीवन

लघुवित्तले फेरिएको जीवन

Bangur-newskarobar

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी दाङ लालमटियाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल भएकी छन् । ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बंगुरपालन सुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गरेकी हुन् । अहिले उनीसँग ६० वटा बंगुर छन् ।

त्यस्तै, लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले दसैंतिहारमा टीका लगाएर दिएको एक हजार पाँच सयमात्रै थियो । त्यसपछि उनले लघुवित्तको सहयोग लिएर व्यवसाय सुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि त्यही रकमबाट घरमा दैनिक चाहिने सलाइ, साबुन, कपी, कलमलगायतको व्यवसाय सुरु गरिन् । आम्दानी बढेपछि चौधरीले ग्रामीण लघुवित्तसँग २० हजार ऋण लिएर व्यवसाय विस्तार गर्दै अहिले मनग्य आम्दानी गर्न सफल भएकी छन् । त्यस्तै, तुलसीपुरकी कमला भण्डारी पनि ग्रामीण लघुवित्तबाट २० हजार ऋण लिएर सुरु गरेको कुखुरापालनबाट अहिले सफल कुखुरा व्यवसायी बनेकी छन् ।

सानो सानो पुँजी संकलन गरेर सुरु गरेका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरण छन् । लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालिम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमनी चौधरीले बताइन् । (रासस)

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु