गृहपृष्ठ पोखरा महोत्सवको तयारी पूरा

पोखरा महोत्सवको तयारी पूरा

pokhara-mahotsab-newskarobar

पुस २७ गतेदेखि पोखरामा हुने नवौं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाइटेड क्लबको आयोजनामा माघ ८ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवको अन्तिम तयारी पूरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

महोत्सव मूल समारोह समितिका संयोजक एवं क्लबका अध्यक्ष लालकाजी गुरुङले महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी लागयतका स्टल रहने जानकारी दिए । महोत्सवमा २ सय ५० वटा स्टल रहनेछन् भने करिब अढाई लाखले अवलोकन गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु