गृहपृष्ठ प्रभु इन्स्योरेन्समा स्वास्थ्य बिमा गर्नेलार्इ नर्भिक अस्पतालमा नगदबिनै उपचार

प्रभु इन्स्योरेन्समा स्वास्थ्य बिमा गर्नेलार्इ नर्भिक अस्पतालमा नगदबिनै उपचार

prabhu-ins-norvic-hspt-newskarobar

प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगद रहित (क्यासलेस) सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र नर्भिक हस्पिटलका एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्समा स्वास्थ्य बिमा गराउने ग्राहकले नर्भिक हस्पिटलमा औषधोपचार गराउँदा नगद नभए पनि बिमा लेखको सीमासम्म उपचार सुविधा पाउनेछन् ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु