गृहपृष्ठ डा. केसीलाई भेटेपछि सुशीला कार्कीले भनिन्- माग पूरा हुँदा राष्ट्रले जित्छ

डा. केसीलाई भेटेपछि सुशीला कार्कीले भनिन्- माग पूरा हुँदा राष्ट्रले जित्छ

susila karki

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मंगलबार डा. गोविन्द केसीलाई भेटेकी छन् । २२ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यस्थित खस्कँदै गइरहेको भन्ने समाचार आइरहँदा कार्की उनलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी हुन् ।

डा. केसीलाई भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कार्कीले डा. केसीले उठाएका माग उनका निजी नभइ राष्ट्रकै पक्षमा भएको जिकिर गरिन् । उनका सबै माग पूरा गर्दा त्यसले राष्ट्रकै हित गर्ने कार्कीको भनाइ थियो ।

‘डा. केसीको पूरै माग पूरा गर्‍यो भने राष्ट्रले जित्छ,’ कार्कीले भनिन्, ‘त्यो राष्ट्रको जित हो, जनताले जित्नु हो, प्रधानमन्त्री जीको पनि जित हो, उहाँका जति पनि सहकर्मी छन् सबैको जित हो, तपाईं हामी सबैको जित हो ।’

डा. केसीकै कारण चिकित्सा क्षेत्रमा सुधार देखिएको स्मरण गर्दै कार्कीले सरकारले उनका माग पूरा नगरे जनभावनामा चोट पुग्ने दावी गरिन् । डा. केसीलाई ‘समर्पित मान्छे’का रूपमा अर्थ्याएकी कार्कीले सबैमा मुलुकप्रति उनको जस्तै भावना भइदिए कस्तो हुन्थ्यो ? भन्दै प्रश्न गरेकी थिइन् ।

प्रधानमन्त्रीले एकपटक डा. केसीलाई तपाइका माग पूरा हुन्छ भनेर सम्झौता गरिसकेकाले उनका माग पूरा हुने कार्कीको विश्वास थियो ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु