गृहपृष्ठ मादुलु लिएर सपना आइन् बजारमा, तात्ला त बजार ?

मादुलु लिएर सपना आइन् बजारमा, तात्ला त बजार ?

तीजको मिति नजिकिएसँगै सम्बन्धित गीत धमाधम बजारमा आउन थालेका छन् । यही क्रममा गायिका सपना शाहीको बिलकुलै ठेट झ्याउरे भाकामा सजिएको तीज गीत ‘मादुलु बज्यो’ बजारमा आएको छ ।

दिनप्रतिदिन मौलिक लोक संस्कृति हराउँदै गएको सन्दर्भमा यस गीतले परम्परात लोक संकृतिको सम्बद्र्धन गर्ने गायिका शाहीको विश्वास छ ।

गीतमा सपनालाई नवगायिका प्रमिला शाहीले साथ दिएकी छन् । शुभास घर्तीको शब्द सृर्जनामा तयार भएको गीतमा प्रेम विवश घर्तीको संगीत रहेको छ । सत्यवती मिडिया फिल्मसबाट बजारमा आएको गीतको म्युजिक भिडियोसमेत उत्कृष्ट बनेको छ ।

गीतमा मोडेल दृश्य निरुता शाही र कविता अधिकारीले दमादार अभिनय गरेका छन । रुन परेपछिको मार्मिक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी गायिका शाहीका हालसम्ममा ४० भन्दा बढी तीज गीतहरु बजारमा आईसकेका छन् । उनका प्राय सबै गीतले दर्शक सा्रेताको मन जित्न सफल भएका छन् । अध्यापन पेशालाई समेत छोडेर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनको किफायती बढ्दो छ ।

पछिल्लो पटक ल्याएको तीज गीत विकृतिपूर्ण अन्य गीतहरुलाई ट्रयाकमा ल्याउने खालको भएको गायिका सपनाले बताइन् । यस उनको ‘दामी दामी मैयाको झक्कास झक्कास हाँसो’ बोलको तीज गीतले समेत निकै चर्चा बटुलेको थियो ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु