गृहपृष्ठ गोविन्द र बसन्ताको ‘परदेशी हुँदा’ लाई सकारात्मक प्रतिकृया

गोविन्द र बसन्ताको ‘परदेशी हुँदा’ लाई सकारात्मक प्रतिकृया

गायक एवम् संगीतकार गोविन्द मधुर आचार्य र गायिका बसन्ता प्रकृतिको स्वरमा रहेको ‘परदेशी हुँदा’ले राम्रो प्रतिक्रिया पाएको छ । सोमबार म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको ‘परदेशी हुँदा’का शब्द शिव शर्मा ‘चञ्चल’ले लेखेका हुन् । संगीत र एरेञ्ज गायक स्वयं आचार्यको हो ।

विदेशमा बस्ने युवाहरूको कथा व्यथलाई गीतमा उतारिएको छ । गीतमा विशेष गरेर आमाछोराको पीडालाई समेटिएका छ । गायिका बसन्ताले गीत राम्रो र सुमधुर बनेको बताइन् । भनिन्, ‘घरपरिवारको पीडा बसेको गीत छ । यसको मेलोडी पनि राम्रो छ ।’

गीतबाट आफू निकै खुसी भएको उनले बताइन् । म्युजिक भिडियोको निर्देशन शिव पुरीले गरेका हुन् । भिडियोमा राजकुमार, अञ्जु देउजा, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् ।

प्रकाशित समय २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु