गृहपृष्ठ सप्तरीको कुशवाहमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
सप्तरीको कुशवाहमा सवारी दुर्घटना, दुईजनाको मृत्यु
सप्तरीको कुशवाहमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मंगलबार विहान उदयपुरको बेलका नगरपालिकाको सहयोगी बचत तथा ऋण सहकारी संस्थाबाट भ्रमण टोली लिएर धनुषाको जनकपुर जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुरुङ्गा नगरपालिका–५ का ५० वर्षीय मोहम्मद मोहदुर र सोही ठाउँका ३५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो ।
कुशवाहका प्रहरी हवल्दा भूवनेश्वर यादवका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भइ पल्टिएको थियो । बसमा सवार यात्रुलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याइएको र अहिलेसम्म कोही पनि गम्भीर घाइते भएको खबर नआएको हवल्दार यादवले बताए ।
बसमा कति यात्रु थिए र कहाँ–कहाँ उपचार भइरहेको भन्नेबारे विवरण आउन बाँकी छ ।
प्रकाशित समय १०:०५ बजे

















