गृहपृष्ठ उपनिर्वाचनको पहिलो मतपरिणाम : थवाङको वडाध्यक्षमा नेकपा विजयी
उपनिर्वाचनको पहिलो मतपरिणाम : थवाङको वडाध्यक्षमा नेकपा विजयी
वडाहरूकाे मतपरिणाम आउने क्रम सुरू
आज सम्पन्न उपनिर्वाचनकाे पहिलाे मत परिणाम आएकाे छ । जसअनुसार रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।
नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।
२०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनाव बहिस्कार गरेपछि कुल १२ सय ८८ मतदाता रहेकाे साे वडामा जम्मा २०८ मत मात्र खसेको थियो । मत परिणामकाे औपचारिक घोषण हुन भने बाँकी छ ।
प्रकाशित समय १९:२९ बजे

















