गृहपृष्ठ कक्षा १२ को नतिजा भोलिमात्रै, बोर्डले भन्यो- आज सार्वजनिक गर्न सकिएन

कक्षा १२ को नतिजा भोलिमात्रै, बोर्डले भन्यो- आज सार्वजनिक गर्न सकिएन

Rastriya-Parixa-bord

 

कक्षा १२ को नतिजा भोलिमात्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या देखाउँदै आज नतिजा सार्वजनिक गर्न नसकिएको जनाएको हो । मंगलबार (हिजो) नतिजा प्रकाशनका लागि सबै काम सकिसकेको भन्दै बोर्डले आजै नतिजा सार्वजनिक गरिने जानकारी गराएको थियो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही फाइनल गर्न बाँकी रहेकाले भोलि मात्र नतिजा सार्वजनिक गरिने बताए । ‘काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । आज नतिजा प्रकाशन गर्न सकेनौं,’ उनले भने । कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका छन् ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु