गृहपृष्ठ नामी र इन्फो डेभलपर्सबीच सम्झौता

नामी र इन्फो डेभलपर्सबीच सम्झौता

nami-infodeveloper's-newskarobar

जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर प्रालिबीच सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पु-याउने गरी दुई संस्थाबीच बुधबार सम्झौता भएको हो ।

सम्झौताअनुसार इन्फो डेभलपर्सको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकताअनुसार निरीक्षण सेवा प्रदान गर्नेछन् । सम्झौतासँगै नामीका विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा विश्वबजारमा भइरहेका नयाँ–नयाँ अविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु