गृहपृष्ठ झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

car-truck-accident-ndia-newskarobar

भारतको झारखण्डमा कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रामगार्ह जिल्लाको राजमार्गमा शनिबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

मालबाहक ट्रकसँग ठोक्किएको कारमा एकै परिवारका मानिस धार्मिक कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए । मृत्यु भएका १० मध्ये तीन महिला र दुई बालबालिका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु