गृहपृष्ठ अबेईमा शान्ति सैनिकको मृत्यु

अबेईमा शान्ति सैनिकको मृत्यु

uno-newskarobar

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एकजना शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुईजना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए ।

गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । उक्त आक्रमणका क्रममा दुई महिला र एक बालकसहित पाँचजना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ । (रासस)

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु