गृहपृष्ठ भारतमा ई-फार्मेसीले औषधी राख्न नपाउने, ग्राहकको घरमै पुर्याइदिनुपर्ने
भारतमा ई-फार्मेसीले औषधी राख्न नपाउने, ग्राहकको घरमै पुर्याइदिनुपर्ने
भारतका अनलाइनबाट औषधी बेच्ने ई-फार्मेसी अब प्लेटफार्मले औषधी स्टोर गर्न नपाउने भएका छन् । खुद्रा वा थोक विक्रेतासँग टाई-अप गरेपछि ग्राहकले औषधी प्राप्त गर्नेछन् ।
यसका लागि भारतीय स्वास्थ्य मन्त्रालयले ई-फार्मेसीको नियम संशोधन गरेको छ । आइन्दा अनलाइन प्लेटफार्मले औषधीको अर्डर लिन मात्र सक्नेछन् । औषधी आपूर्ति (ग्राहकसमक्ष पुर्याउने काम) खुद्रा वा थोक विक्रेताबाटै गरिनुपर्नेछ ।
ई-फार्मेसीले ग्राहकले दिएको प्रेस्किप्सन पनि सुरक्षित राख्नुपर्नेछ । अनलाइन भास्करका अनुसार चिकित्सकले भनेकै औषधी आपूर्ति गर्नुपर्नेछ । एन्टिबायोटिक्सका विषयमा यसको विशेष ख्याल राख्नुपर्नेछ । प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक्स औषधीको अर्डर बुक नगर्न स्पष्ट निर्देश गरिएको छ ।
सरकारले पहिलो पटक औषधी पसलेलाई सिधै सीधै ग्राहकको घरमा पुगेर औषधी पुर्याउने अधिकार दिँदै छ । हालसम्म यस्तो कामलाई गैरकानुनी मानिन्थ्यो । भारतमा हालसम्म यस्ता फार्मेसीका करिब ५० प्लेटफार्म चालु छन् भने औषधीका करिब ८ लाख खुद्रा पसल दर्ता भएका छन् । सबै पक्षसँग छलफल गरेपछि स्वास्थ्य मन्त्रालयले यो निर्णय लिएको हो ।
प्रकाशित समय १०:४२ बजे

















