गृहपृष्ठ ‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

brexit_newskarobar

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषदमा रहेका डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै डेभिसको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा विचार विमर्श सुरु भएको छ ।

कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठ्यारोमा पर्न सक्ने पनि जनाएका छन् । इयुसँग वार्ता गर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए । तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् ।

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन् । ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौं पटक प्रधानमन्त्री मेले लिएका अडानहरुबारेमा उनको मतभेद पनि भएको बताइएको थियो ।

सोही कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । राजिनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ ।

(रासस/एएफपी)

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु