गृहपृष्ठ अमेरिकालाई टर्कीको जवाफ– तिमीहरुसँग डलर छ भने हामीसँग अल्लाह छन्

अमेरिकालाई टर्कीको जवाफ– तिमीहरुसँग डलर छ भने हामीसँग अल्लाह छन्

संकटमा टर्कीको अर्थतन्त्र

trump-erdogan- newskarobar

टर्कीको मुद्रा ‘लीरा’मा ऐतिहासिक गिरावट जारी छ । सोमबारमात्रै लीरामा डलरको तुलनामा पाँच प्रतिशतको गिरावट आएको थियो । बिहीबार यो चार प्रतिशत थियो भने शुक्रबार पनि घट्ने क्रम जारी रह्यो । साताभरमा लीरामा १६ प्रतिशतको गिरावट आयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको स्टिल र आल्मुनियममा आयात शुल्क बढाएर दोब्बर पारिदिएका छन् । ट्रम्पको यो फैसलाले टर्किस मुद्रा लीरालाई थप कमजोर पारिदिनेछ । ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘हाम्रो मजबुत डलरको तुलनामा उनीहरुको मुद्रा कमजोर छ, अमेरिका र टर्कीको सम्बन्ध अहिले पनि ठीक छैन ।’

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआनले विदेशीका कारण टर्किस मुद्रामा गिरावट जारी रहेको बताएका छन् । टर्कीले अमेरिकालाई आक्रमण गर्ने चेतावनीसमेत दिएको छ । एर्दोआनले आफ्नो भाषणमा भनेका छन्, ‘उनीहरु (अमेरिका)सँग डलर छ भने हामीसँग जनशक्ति छ, आफ्नो अधिकार छ र हामीसँग अल्लाह छन् ।’

एर्दोआनको यस्तो अभिव्यक्तिले लीरामा सुधार हुनुको साटो हालत अझै खराब हुन सक्ने विश्लेषकहरु बताउँछन् । अमेरिकी समकक्षी ट्रम्पको ट्विटपछि एर्दोआनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरे । दुई नेताबीच अर्थव्यवस्थासँग जोडिएका मुद्दामा कुरा भएको रुसी अधिकारीहरुले बताएका छन् ।

 

आखिर टर्किस लीराको यस्तो हालत किन भयो ?

विगतमा लीराको मुजबुती उत्साहजनक थियो । तर, अहिले किन यस्तो भयो ? भनिन्छ कि टर्कीसँग जुन खालको भौगोलिक स्थिति छ, त्यो देख्ने कुनै पनि देशलाई ईर्श्या हुन्छ । किनकि, यो मध्यपूर्व र युरोप दुबैको बजारसँग नजिक छ । तर, समस्या कहाँ हो ? १५ वर्षको आफ्नो कार्यकालमा देशको अर्थव्यवस्थामा कायापलट गरेको दाबी गर्ने टर्कीका राष्ट्रपति एर्दोआनको यसमा भूमिका के हो ? बीबीसी हिन्दीले तयार पारेको विश्लेषणात्मक सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

लीरामा गिरावट किन ?
लीराको अवस्था अहिले निकै संकटपूर्ण छ । यसको दुर्दिन ठीक हुने सम्भावना निकै कम रहेको विश्लेषकहरु बताउँछन् । यो वर्ष लीरामा अहिलेसम्म ४० प्रतिशतले गिरावट आएको छ । यो गिरावट लामो समयदेखि जारी छ । पाँच वर्षअघि दुई लीरा दिएर एक अमेरिकी डलर किन्न सकिन्थ्यो । तर, अहिले एक डलरका लागि ६.५० लीरा तिर्नुपर्छ ।

लीरामा गिरावट आउनुका कैयौँ कारण छन् । पछिल्ला केही हप्तादेखि टर्की र अमेरिकाबीच विवाद बढ्दो छ । अमेरिकी विदेश मन्त्रालयले टर्कीमाथि प्रतिबन्ध लगाएको छ ।

टर्कीले अमेरिकाको एन्ड्रयु ब्रुसन नाम गरेका एक पादरीलाई अक्टुबर २०१६ मा गिरफ्तार गरेको थियो । एन्ड्रयु दुई वर्षसम्म टर्कीको जेलमा बसे । एन्ड्रयुलाई अहिले पनि टर्कीले छाडेको छैन ।
ट्रम्प प्रशासन टर्कीको यो कमदलाई लिएर निकै आक्रोशित छ । त्यसैले उसले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनुको एउटा कारण यो पनि हो । अमेरिकी प्रतिबन्धबाट टर्कीको बजारमा ठूलै असर परेको छ । यो हप्ता दुबै देशबीच कुराकानी पनि भयो तर केही सहमति भएन ।

leera and dolor

मनमुटावको मुख्य कारण नै पादरी हुन् त ?
मनमुटावको मुख्य कारण पादरी होइनन् । टर्कीलाई छोटो अवधि रहने विदेशी फन्डबाट लाभ मिलिरहेको छ । युरोप र अमेरिकाको मौद्रिक नीतिमा आएको उताचढावका कारण धेरै रिर्टनको इच्छामा रहेका लगानीकर्ताले टर्कीको बजारमा पैसा हाल्थे । कतिपय विश्लेषकहरुका अनुसार टर्कीलाई विकसित अर्थव्यवस्था भएका मुलुकसँग व्यापक मात्रामा सम्पत्ति खरिद स्कीमबाट फाइदा मिलिरहेको थियो । तर, पछिल्लो वर्ष यसमा गिरावट आएको छ । टर्कीलाई लिएर अमेरिका र युरोजोनको रवैया बदलिएको छ । टर्कीमा अब यस्तो लगानी आउने सम्भावना टरेको छ ।

बिहीबार जारी एबीएन एमरोको एउटा रिपोर्टअनुसार लगानीकर्ताहरुले चिन्ता जनाएका छन् कि टर्की वार्षिक विदेशी फन्ड २१८ अर्ब डलर जुटाउन सक्दैन । यसमा टर्कीका कम्पनीहरु पनि सामेल हुन्छन्, जसले विदेशी मुद्राको एक निश्चित हिस्सा राख्ने गर्दछन् । टर्कीको विदेशी मुद्रा भण्डारमा लगातार गिरावट आइरहेको छ । 

टर्किस सरकारले अर्थव्यवस्थामा लगातार बढेको संकट समाधान गर्न कुनै कदम उठाउनुपर्ने माग अधिकांश लगानीकर्ताबाट आइरहेको छ । टर्कीको चालू खाता घाटा पनि बढेर उसको जीडीपीको पाँच प्रतिशतभन्दा माथि चढेको छ । अर्थव्यवस्थामा आएको मन्दीले महँगी बढ्ने चिन्ता टर्किस नागरिकलाई छ । महँगी अहिले १५ प्रतिशतभन्दा माथि छ । ब्याजदर बढाएर महँगी र लीराको अवस्था सुधार्न कुराकानी भइरहेको बताइन्छ । पछिल्ला वर्षहरुमा टर्कीको कम्पनीहरुमा डलर र युरोको ऋण बढेको छ ।

केन्द्रीय बैंकको आँकडाका अनुसार विदेशी मुद्रामा टर्कीका गैरवित्तीय कम्पनीहरुको निर्भरता बढेको छ । उनीहरुसँग २०० अर्ब डलरभन्दा बढी विदेशी मुद्रा छ । मात्र १२ महिनाभित्र निजी गैर–वित्तीय संस्थानहरुले ६६ अर्ब डलर विदेशी मुद्रा चुकाउनु पर्नेछ । टर्कीका बैंकहरुमा ७६ अर्ब डलर रहेको बताइन्छ ।

आधुनिक टर्कीका संस्थापक मुस्तफा कमाल पाशापछि एर्दोआन टर्कीका सबैभन्दा शक्तिशाली शासक मानिन्छन् । एर्दोआन यो कुरामा सहमत छैनन् कि अर्थव्यवस्थालाई फेरि सन्तुलित गर्नुपर्ने आवश्यकता छ ।

सन् २०१६ मा सेनाको ‘असफल कु प्रयास’ पछि एर्दोआन टर्कीको अर्थव्यवस्थालाई ‘ट्रयाक’मा ल्याउने प्रयासमा छन् । तर, असन्तुलित बजारलाई ठीक ठाउँमा ल्याउने गरी कदम उठाउन पनि टर्कीका बैंकहरुसँग यत्रो विदेशी मुद्रा छैन ।

 

टर्कीमा सत्ताको केन्द्रीकरण र अर्थव्यवस्था
सन् २०१६ मा सेनाको ‘असफल कू प्रयास’ पछि एर्दोआनले सत्तालाई केन्द्रीकरण गरेका छन् । अब हरेक फैसला उनी आफैँ गर्छन् । पछिल्लो वर्ष उनले एक जनमत संग्रह गराएका थिए । सोही जनमत संग्रहबाट उनले राष्ट्रपति शासन प्रणालीलाई मान्यता दिलाएका थिए ।

यही वर्षको जुन महिनामा एर्दोआनले राष्ट्रपति निर्वाचनमा जित पनि दर्ता गराए । केन्द्रीय बैंकले स्वतन्त्र रुपबाट फैसला लिन पाउने अधिकार पनि एर्दोआनले आफ्नो नियन्त्रणमा लिएका छन् । निर्वाचनमा जीतपछि एर्दोआनले आफ्ना ज्वाईँलाई वित्त मन्त्रालयको जिम्मेवारी दिएका छन् । एर्दोआनका ज्वाईँ पूर्व बिजनेस एग्जुकेटिभ हुन् । लीरामा जारी गिरावटले ज्वाई–ससुराको नीतिलाई अर्थव्यवस्थाले नपचाएको स्पष्ट देखिएको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु