गृहपृष्ठ इस्लामिक स्टेटका २० लडाकू मारिए
इस्लामिक स्टेटका २० लडाकू मारिए
अफगानिस्तानमा सरकारी सुरक्षा फौजको कारबाहीमा २० जना लडाकू मारिएका छन् ।
नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तिमा २० लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ । मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेका र उनीहरु आचिन जिल्लामा सक्रिय रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
लडाकूहरुले प्रयोग गर्ने सामग्री पनि सुरक्षाकर्मीले बरामद गरेको छ ।
प्रकाशित समय ०७:३४ बजे

















