गृहपृष्ठ भेनेजुयलाको लिसवनस्थित तेल कम्पनी मस्कोमा सारिने
भेनेजुयलाको लिसवनस्थित तेल कम्पनी मस्कोमा सारिने
राष्ट्रपति निकोलस मदुरोले भनेजुयलाको लिसवनस्थित राज्य सञ्चालित प्राकृतिक तेल तथा ग्यास कम्पनी (पिडिभीएसए) को अफिसलाई मस्कोमा सार्न निर्देशन गरिसकेको उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताएका छन् ।
रूस भ्रमणमा रहेका उपराष्ट्रपति रोद्रिगेजले भने, ‘भेनेजुयलाले तेल तथा ग्यास उत्पादनलाई बढाउने र यसका लागि रूसी विशाल तेल उत्पादन कम्पनी गाजप्रोमसँग सहकार्य गरिनेछ ।’ यसका लागि आवश्यक प्रक्रिया सुरू गर्न लागिएको उनको दावी छ ।
रोद्रिगेजले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अहिले तेल कम्पनी सार्ने समय भएको छ । हामीले हाम्रो सम्बन्धलाई पुनः स्थापित गरेर अघि बढ्ने समय आएको छ । युरोपले हामीलाई आवश्यकतालाई सुनिश्चित गर्न सकेन किनकि पूँजीवादी संसारले उसको आफ्नै कानूनलाई पनि तोडेको छ । उनीहरूले हाम्रो सम्पत्तीको सुरक्षामाथि सुनिश्चितता गर्न सकेनन् ।’
उनले भने, ‘बेलायतले बैंक अफ इंगल्यन्डमा रहेको भेनेजुयलाको सुन र संयुक्त राज्य अमेरिकाले पिडिभीएसएको अमेरिकास्थित शाखा सिट्गो पेट्रोलियमको सम्पत्तीको ‘व्यवहारिक चोरी’ गरेको छ ।
भेनेजुयलाले कानूनसम्मत हिसाबबाट पाउने ब्याजलाई अन्तर्राष्ट्रिय कानुननको सहायतामा फिर्ता गरिछाड्ने पनि उनले बताए । (रासस/सिन्ह्वा)
प्रकाशित समय १९:३६ बजे

















