गृहपृष्ठ जालकाँडा र मडेलचौरका किसान बाख्रापालनबाटै खोज्दैछन् आर्थिक सम्बृद्धि

जालकाँडा र मडेलचौरका किसान बाख्रापालनबाटै खोज्दैछन् आर्थिक सम्बृद्धि

कृष्ण खनाल

बुटवल- अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका ११ डिभर्नाका किसान केही बर्ष पहिला सम्म गाउमा नै साधारण कृषिमा थिए । कृषिलाई आधुनिकीकरण गर्ने कुरा उनीहरुको लागि सपनाको जस्तै विषय थियो । तर, २०७३ साल मंसिर महिना देखि उनीहरुको जीवनमा कायापलट नै आयो भन्दा अतियुक्ती हुदैन ।
गाउँमा समान्य कृषि पेशमा लागेका किसानहरुलाई जिल्ला पशु सेवा कार्यालय मार्फत किसानकोलागि उन्नत विउ विजन कार्यक्रम(केयुबिके)को सहयोगमा बाख्रा पालन तर्फ लागे । किसानहरुले बाख्रा पालन समुह नै निर्माण गरी आधुनिक बाख्रा पालजनमा लागेका छन् ।
जलकाडा बाख्रा पालन समुह गठन गरेका डिर्भनाका किसानहरुले समुदायमा आधारीत नेपालकी पहिलो व्रिड हर्ड समेत निर्माण गरेका छन् । समुहका संयोजक गोपाल बस्यालका अनुसार १ सय ५३ घर धुरीका किसानहरु सबै समुहमा आवद्ध रहेका छन् ।
किसानहरुले सामान्य परम्परागत बाख्रा(काठे) बाख्रा पाल्दा एक बर्षमा जम्मा २० किलो मात्रै बाख्राको तौल बढ्ने गरेकोमा आधुनिक रुपमा बाख्रा पालन गर्दा ५ महिनामा ५० किलोसम्मको बाख्राको तौल बढेको छ । समुहका संयोजक बस्यालका अनुसार काठे बाख्राको सट्टामा बोयर बोका लगाएर नश्ल सुधार गरिएको बाख्रा पालन गरेको कारण किसानहरुले छोटो समयमा नै बढि भन्दा बढि तौल बढाउन सफल भएका हुन ।


संयोजक बस्याल भन्छन्, ‘गाउँमा किसानहरुको आम्दानीको बाटो भनेको नै यहि बाख्रा पालन व्यवसाय भएको छ । कम मात्रमा हरियो घास खाने भएको कारणले पनि गाउमा बोयर जातको बाख्रा पालन गर्न सहज भएको किसानहरु बताउँछन् ।
हरियो घाँसको समस्या हुने भएको कारण किसानहरुले अम्रिसो, किम्बु लगाएतका डालेघासँ तथा भुई घाँससमेत लगाएका छन् । कुल समुहले १ सय १३ वटा पाठा र ३७ वटा पाठी हाल सम्म विक्रि गरेको छ । जसबाट करिव ४२ लाख रुपैयाँ गाउमा भित्र्याउन सफल भएको समुहका अध्यक्ष बस्यालको भनाई रहेको छ ।
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका प्रमुख डा.लोकनाथ पौडेलका अनुसार पहिलो पटक अफ्रिकाबाट ल्याएको शुद्ध बोयर जातको बोकाबाट गाउँमा रहेका खरी बाख्रामा नष्ल सुधार गरिएको थियो । अहिले ५० प्रतिशत बोयरको लक्षण भएका बाख्राहरु जन्मीएका छन् । हाल सम्म ४ सय ८२ वटा बाख्रामा बोयर बोकाले सेवा प्रदान गरेको छ । भने २२५ वटा बाख्री हाल सम्म ब्याएका छन् ।
बोयर बोका १२ वटा ढाकावांगमा र १७ वटा मडेलचौरमा लगिएको छ । यसको अलवा किसानहरुले उत्पादन गरेको बाख्रा अन्य प्युठान, स्याङ्जामा पनि पाल गरिएको छ । अफ्रिकाबाट ल्याएको बोकाबाट समुह भित्रका बाख्रामा लगाउदामा सहुलियत रुपमा लगाउने गरेको छ ।
गाउँमा नै बाख्रा पालनबाट राम्रो अम्दानी हुन थालेपछि ७ जना युवाहरुले विदेश जान छाडेर गाउँमा नै बाख्रापालन शुरु गरेका छन् । यस्तै अर्घाखाँची जिल्लाको अर्को छत्रदेव गाउपालिका ७ मडेल चौरका किसानहरुले पनि बाख्राबाट नै समृद्धि हासिल गर्ने मौका पाएका छन् । मडेलचौर बाख्रा पालन समुह नै गठन गरेर उनीहरुले पनि आधुनिक रुपमा बाख्रा पालन शुरु गरेका छन् ।
मडेल चौर बाख्रा पालन कृषिक समुह (मल्टी प्लायर हर्ड)का संयोजक कृष्ण प्रसाद भुषालका अनुसार विदेश जानको लागि राहदानी बनाएका युवा राहदानी च्यातेर गाउँमा बाख्रा पालनमा लागेका हुन । वि.स. २०६० सालमा राहदानी बनाएका उनले २०६८ सालमा मलेसियाको भिषासमेत त्यागेर गाउमा बाख्रा पालन शुरु गरेका हुन् ।
‘विदेश जाने पासपोर्ट च्यातेर गाउँमा नै बाख्रा पालन गरेर बसेको छु, मलाई विदेशको कमाई भन्दा यहि नै राम्रो छ,’ उनले भने । मडेल चौर बाख्रापालन समुहमा कुल १ सय २५ जान किसानहरु सहभागी छन् । खोर निर्माणमा अनुदानको साथै बोयर बोका खरिद गरेर किसानहरुलाई प्रदान गरिएको छ । जमुना पारी, खरी बाख्रामा बोयर क्रस बनाएर नयाँ बाख्रा उत्पादन हुँदै आएका छन् ।

प्रकाशित समय ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु