गृहपृष्ठ सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस
सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस
काठमाडौ–विश्व यो वा त्यो निहुमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ? यही विषयमा छलफल गर्न अक्षरा स्कुलका विद्यार्थीले राष्ट्र संघले कसरी काम गर्नु पर्छ भनेर छलफल चलाए । अक्षरा मोडल युनाइटेड नेशन कन्फरेन्शमा बालबालिका आफैं संयुक्त राष्ट्र संघको अध्यक्ष भए । आफैं मोडिडेटर भए । अनि आफैं भाइस प्रेसिडेन्ट भए ।
विद्यार्थीले सिरिया युद्ध गर्दा शरणार्थी जीवन बिताइरहेकाहरुको भोग्नु परेको समस्या बारे पनि बहस गरे । त्यहा किशोरीले भोग्नु परेका समस्या जोडदार रुपमा उठाए । उनीहरुले कार्यक्रमको रिपोर्टिङ पनि आफैं गरेका छन् । सम्मेलनमा २९ देशको प्रतिनिधी आफैं आफैं बनेर विभिन्न मुद्धामा छलफल गरिरहेका छन् । सम्मेलन दुई दिन चल्नेछ ।
सम्मेलनको उद्घाटन पत्रकार तथा लेखक दामोदर न्यौपानेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका न्यौपानेले विश्वयुद्धबाट आक्रान्त भएको विश्वमा शान्ति कायम गराउन गठन भएको संयुक्त राष्ट्र संघको भूमिका महत्पूर्ण रहेको बताए । ‘तपाइहरु पनि भोली विश्व हाक्ने यो संस्थामा पुग्न सक्नु हुन्छ । देश चलाउने नेता हुन सक्नु हुन्छ । विश्वमा शान्ति फैलाउने अभियन्ता हुन सक्नु हुन्छ,’ न्यौपानेले भने, ‘शिक्ष्ाँमा प्रयोग गरिने यस्तै शैलीले भोलि असल नागरकि उत्पादन हुने हुन् । असक्ष, दक्ष र असल जनशक्ति निर्माण गर्न यो स्कुलले चालेको प्रयास सह्रानीय छ ।’
अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले किताबै पढेर भन्दा आफैं खोज गर्न प्रोत्साहित गर्ने स्कुलको नीति अनुसार बालबालिकाले यो सम्मेलन आयोजना गरेका हुन् । ‘गत वैशाखदेखि नै उनीहरुले यो कार्यक्रमको तयारी गरेका थिए । संयुक्त राष्ट्र संघले के काम गर्छ, कसरी काम गर्छ र अब के गर्नु पर्छ भनेर बालबालिकाले गहिरो खोज गरेका छन्,’ उनले भनिन्, ‘उनीहरुको खोजी कस्तो छ भनेर हामीले अनुगमन गरेका छौं । राष्ट्र संघ बुझेका विज्ञले अनुगमन गरिरहेका छन् । यस्तो कार्यक्रमले विश्व बुझ्न, हाम्रो देश बुझ्न सहयोग गर्छ । हामी ग्लोबल सिटिजन तयार पार्ने उद्देश्यका साथ शिक्षा दिइरहेका छौं ।’
प्रकाशित समय १३:१६ बजे