गृहपृष्ठ महेन्द्रनगरमा आन्दोलन चर्कियो, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

महेन्द्रनगरमा आन्दोलन चर्कियो, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका छन् । भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको दाबी गरेको छ ।

तर स्थानीयले भने निर्मलाको हत्या विष्टले नभइ अरुले नै गरेको आरोप लगाएका छन् । गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु